बरहथवा घटनाः गोली चलाउने हवल्दारलाई सेवाबाट हटाउन छानविन समितिको सिफारिस

समाचार

काठमाडौं, १ माघ । सर्लाहीको बरहथवा घटना छानविनका लागि गठित समितिले गोली चलाउने वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ।

घटना छानविनका लागि गठित समितिका संयोजक थानेश्वर गौतमले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यादवलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ।

प्रहरी हबल्दार यादवले नै गोली प्रहार गरेको समितिको निश्कर्ष छ। समितिले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको हो।

गत पुस २० गते बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर साहको मृत्यु भएको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *