रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

समाचार

काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले उक्त प्रष्टीकरण दिएको हो।

यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए। उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको थियो।

‘उल्लेखिन मिति १७/०६/२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसी मार्फत चेक क्लीयरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं,’ पत्रमा लेखिएको छ।

पत्रकार सम्मेलनमा पूर्वबैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए। उनले पनि यो विषयलाई बैंकिङ प्रक्रियाको हिसाबले प्रष्ट्याएका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *