बारा प्रहरीद्वारा ६४ लाख बराबरको खुद्रा समान तथा ५ लाख बराबरको अबैध चामल सहित २ वटा ट्रक पक्राउ।

समाचार

रसीद आलम,बारा ,२६ माघ।

बारा प्रहरीले रु.६४ लाख १ हजार ६ सय ६५ रूपैया बराबरको खुद्रा समान सहित एउटा ट्रक तथा रु.५ लाख ५९ हजार रूपैया बराबरको अबैध चामल सहित एउटा ट्रक गरि जम्मा २ वटा ट्रक पक्राउ गरेको छ।

चेकजाँच गर्ने क्रममा प्रहरी चौकी पथलैयाबाट खटिएका प्रहरी टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकमा विरगंजबाट दाङतर्फ जादै गरेको ना.६.ख.५९२२ नम्बरको ट्रकमा लोड रहेको खुद्रा समानहरुको बिलबिजक सन्कास्पद रहेकाले ट्रकलाई नियन्त्रणमा लिएको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ.(डिएसपी )दधिराम न्यौपाने जनाएका छन् ।

त्यस्तै ,ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ मा जितपुरबाट हेटौडातर्फ जाँदै गरेको बा.प्र.०३-००१ख २६५९ नम्बरको ट्रकमा लोड रहेको चामलको बिल बिलजक सन्कास्पद रहेको तथा श्रोत खुल्न नआएकोले नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जनाए।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *