बारा, १६ फागुन । बाराकाे सिम्रौनगढ नगरपालिका-४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका-३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको ना.३८ प १४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्लास्टिकले बेरी लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बाराको आदर्श कोतवाल गाँउपालिका वडा नं. ३ बतरा बस्ने बर्ष २७ को सरोज कुमार गिरी, रौतहट फतुवा बिजयपुर नगरपालिका वडा नं. ३ मेवा बस्ने वर्ष ५० को रामानन्द साह र सोही बस्ने वर्ष ४५ को चुलाई महरालाई लागु औषध सम्बन्धमा मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भईरहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपाने जनाएका छन् ।
