पुटिनसँग तीनजना लडदैँछन राष्ट्रपति निर्वाचनमा, छैटौं पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

बिदेश राजनीति समाचार

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।

 

तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ ।

रूसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ। जसका कारण पनि पुटिन छैंटो पकट राष्ट्रपति बन्ने लगभग पक्का भएको हो ।

 

यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी २०३६ सम्म रुसको राष्ट्रपति रहन सक्छन्। वास्तवमा, २०१८ को चुनावसम्म रूसमा कुनै पनि राष्ट्रपति लगातार दुई कार्यकाल भन्दा बढी राष्ट्रपति रहन नसक्ने संबैधानिक ब्यवस्था थियो । यही कारणले सन् २००० देखि २००८ सम्म राष्ट्रपति भइसकेपछि पुटिनले सन् २००८ मा राष्ट्रपतिको चुनाव लडेका थिएनन् ।

 

यस पछि उनी सन् २०१२ मा रुसमा फेरि सत्तामा आए । तर, पुटिन सन् २००८–१२ सम्म रुसका प्रधानमन्त्री थिए । तर, हालै संसोधन भएको नयाँ कानुन अनुसार भने पुटिनले लगातार दुई कार्यकाल पूरा गरेपछि पनि चुनाव लड्न सक्ने छन् ।

 

उता, जारी निर्वाचनमा पुटिन बाहेक  थप ३ जनाले राष्ट्रपतिका लागि उम्मेदवारी दिएका छन ।

 

रुसको निर्वाचन आयोगको दस्तावेज अनुसार पुटिन स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका छन् । उनीहरुबाहेक कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपतिको उम्मेदवार हुन् ।

सबै तीन राजनीतिक दलहरू क्रेमलिन समर्थित पार्टीहरू मानिन्छन्। उनीहरू पुटिनको नीति र युक्रेनविरुद्धको युद्धका समर्थक हुन्। लियोनिद भने अमेरिकाको कट्टर विरोधी हुन् र उनीमाथि यौन शोषणको आरोप लागेको छ । जबकि भ्लादिस्लावले २०२० मा मात्र आफ्नो नयाँ पार्टी बनाएका उम्मेदवार हुन । यो उनको पहिलो चुनाव हो।

 

सन् २०१८ को चुनावमा पुटिनले ७६.७५ भोट पाएका थिए भने कम्युनिष्ट पार्टीले ११.८५ भोट प्राप्त गरेका थिए । तर, जारी निर्वाचनमा पुटिनले सो भन्दा बढी मत ल्याउने अनुमान गरिएको छ । युक्रेन बिरूद्द युद्द जारी राखेर उनले राष्ट्रियता बलियो बनाएको र अमेरिकासहित पश्चिमासँग डटेर सामाना गर्ने क्षमता पुटिनसँग मात्रै भएको रूसी जनताले विश्वास गरेका छन ।

 

रूसमा पहिलो पटक तीन दिनसम्म मतदान, राष्ट्रपति निर्वाचनको परिणाम आजै आउने:-

रुसमा राष्ट्रपतीय निर्वाचनको मतदानका क्रममा आगजनी र हिंसा भइरहेका छन् ।

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनको सीमासँग जोडिएको बेल्गोरोड सहरमा पुटिन विरोधी मानिसहरूले धेरै ठाउँमा आगजनी गरेका छन् । सोही क्रममा राजधानी मस्कोका धेरै मतदान केन्द्रमा मानिसहरूले तोडफोड गरेका छन्। प्रहरीले हिंसामा संलग्न रहेको आशंकामा हालसम्म ८ जनालाई नियन्त्रणमा लिएको छ ।

 

रुसमा राष्ट्रपतीय निर्वाचनका लागि मार्च १५ मा मतदान सुरु भएको थियो । पहिलो पटक तीन दिनसम्म मतदान हुँदैछ । कुनै पनि आपराधिक मुद्दामा जेल सजाय नपाएका रूसी नागरिकहरूले मार्च १७ सम्म मतदान गर्न सक्नेछन्। साथै, मस्को समय अनुसार मार्च १७ रातिसम्म नतिजा सार्वजनिक गर्न सकिनेछ ।

 

समाचार एजेन्सी एपीका अनुसार एक युवतीले सेन्ट पिटर्सबर्गको एक विद्यालयमा बनाइएको मतदान केन्द्रमा आगजनी गरेकी छन् । ती २० वर्षीया युवतीले पुटिनको विरोधमा आगो लगाएको प्रहरीले जनाएको छ । उनलाई हिरासतमा राखिएको छ ।

 

त्यही क्रममा राजधानी मस्कोमा एक महिलाले मतपेटिकामा मसी हालेकी थिइन् । मस्कोका अन्य मतदान केन्द्रहरूमा पनि आगो लगाइयो। प्रहरीले यस्तै गर्ने अर्की महिलालाई पनि पक्राउ गरेको छ । यहाँ निर्वाचन प्रक्रियामा अवरोध गरेको आरोपमा मसी खन्याएकी महिला पक्राउ परेकी छन् ।

 

सेन्ट पिटर्सबर्ग र मस्को बाहेक भोरोनेज, कराचे चेर्केसिया र रोस्तोभ सहरबाट पनि मानिसलाई हिरासतमा लिइएको छ। साइबेरियन क्षेत्र खान्ती मानसीमा एक महिलाले मतपेटिका जलाउने प्रयास गरेको अन्तराष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *