बिरगंज ,२१ चैत ।
सशस्त्र प्रहरी बल नेपाल पर्साले ३ लाख ८७ हजार ५ सय बराबरको गाडिको गियरबक्स-दाति,बोईलर कुखुरा,घुँगी र अटो नियन्त्रणमा लिएको छ।
चैत २० गते प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका डिएसपी सुरज रिजालको कमान्डमा खटिएका टोलिले चेकजाँचको क्रममा बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट नजिकबाट अबैध रुपमा भारतबाट नेपालतर्फ आउदै गरेको अटोमा लुकाई छुपाई राखेको मुल्य रु.९० हजार बराबरको गाडिको गियरबक्स र दाति तथा मुल्य रु.२ लाख ५० हजार बराबरको अटो गरी जम्म रु.३ लाख ४० हजार बराबरको सामान तथा अटो बरामद गरि बिरगंज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
त्यस्तै ,गुल्मका डिएसपी रिजालकै कमान्डमा भारतबाट अबैध रुपमा भन्सार छली साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको मुल्य रु.१७ हजार ५ सय बराबरको बोईलर कुखुराको मासु र रु.३० हजार बराबरको ५ सय किलो घुँगी बरामद गरि वि.म.न.पा.-१६ स्थित वीरगंज भन्सारयार्डको कम्पाउण्ड भित्र खाडलमा नष्ट गरिएको सूचना अधिकारी सिंहले बताए ।
