रसीद आलम ,बारा,२० चैत ।
बारा प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेका २ जना व्यक्तिहरुलाई करिव रु.१३ लाख ५० हजारको अवैध रकम सहित नियन्त्रणमा लिएको जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले चैत १९ गते बेलुका १:०० बजेको समयमा बाराको बिश्रामपुर गाउँपालिका वडा नं.४ मुसहर्वा स्थित सडक खण्डबाट चेकजाँचको क्रममा प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकलमा लुकाईछिपाई भारतबाट नेपालमा ओसार पसार गरिरहेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी दधिराम न्यौपाने बताएका छन् ।
सो रकमको श्रोत नखुलाएका कारण हुण्डीको आशंकामा मोटरसाइकल चालक पर्साको पोखरिया नगरपालिका वडा नं.१ बनकटवा बस्ने असर्फि राउत कुर्मीको छोरा वर्ष ३४ को हरिकिशोर प्रसाद पटेल,बाराको महागढीमाई नगरपालिका वडा नं.१ बस्ने राजिन्द्र महतो कोईरीको छोरा वर्ष ४२ को रमेश प्रसाद कुशवाहालाई नियन्त्रणमा लिई आवश्यक अनुसनधान कार्य भई रहेको डिएसपी न्यौपानेले बताए ।