चन्द्रनिगाहपुरबाट दुईजना चोर पक्राउ

बिदेश राजनीति समाचार

रौतहट २२ पुस। रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुईजना चोरलाई प्रहरीले पक्राउ गरेको छ।

 

चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न दुवैजना चोरहरूलाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन्।

डिएसपी राईका अनुसार आरोपीहरु चन्द्रपुर ४ बस्ने बर्ष २२ को मिलन विश्कर्मा र बर्ष २५ को संजय सिंह माथि चोरी सम्बन्धी मुद्दा दायर गरि अदालतबाट म्याद थमाइएको छ।

 

आरोपीहरुले अनुसन्धानको क्रममा विभिन्न मितिमा रात वा दिनको समयमा घरभित्र प्रवेश गरी चोरी गर्ने गरेको समेत बताएकाले थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको ईलाका प्रहरी कार्यालय चन्द्ननिगाहपुरको सूचनामा उल्लेख गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *