रसीद आलम,बिरगंज ,२८ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने वडा प्रहरी कार्यालय बिर्ताले विभिन्न मितिमा रु.१४ लाख ५० हजार बराबरको अबैध समान पक्राउ गरेको छ।
बिभिन्न मिति र समयमा वडा प्रहरी कार्यालय बिर्ताको प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट भंसार छली चोरी पैठारी गरी अबैध रूपमा नेपाल भित्रीयाएका थानको कपडा ८७२ पिस,कुर्ता सुरुवाल २६२ पिस,रेगजिन रोल २ रोल, चकलेट ३८ किलो,साडी १८ पिस,हुडी सेट ३१ पिस, मोजा ठुलो सानो २६१ जोर,पंजा २२ जोर, बच्चाको बिभिन्न कपडा ५७० पिस,टि-सर्ट भेष्ट १४३ पिस, होली कुर्ता र भेष्ट १०० पिस,लहङगा १५ पिस,बेबिझुल ६ पिस ,सर्ट ३९ पिस,टोपी १०४ पिस, गल्लाको स्काफ २२ पिस,सल ५० पिस ,लेगिज १० पिस, पैन्टको कपडा ८६ मिटर र लेडिज ब्याग ८ पिस बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएको समानहरुको रु.१४ लाख ५० हजार बराबरको मुल्यांकन गरि आवश्यक कार्वाहीको लागि वीरगंज भंसार कार्यालय पर्सामा बुझाएको बिर्ता प्रहरीले जानकारी गराएको छ।
