दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का,एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

खेलखुद समाचार

काठमाडौँ ,१ बैशाख । दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।

दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।

टी-२० अन्तर्राष्ट्री क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

नेपालले यस खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको छ ।

नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

नेपालले दिएको २११ रनको लक्ष्य पछाएको कतारले २० ओभरमा ९ विकेट गुमाउदै १७८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिंग गर्दै अविजित ६४ रन बनाएका थिए । दिपेन्द्रले १९ बलमा अर्धशतक पुरा गरेका थिए । दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।  त्यस्तै असिफ सेखले ५२ रन बनाए भने कुशल मल्लले ३५, कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२ सन्दीप जोराले ७ र गुलशन झाले ५ रन बनाएका थिए ।

त्यसैगरी कतारका बलर हिमांशु राथोड र मुसावर शाहले ३-३ विकेट लिएका थिए ।

यो जितपछि समुह ए मा रहेको नेपालको २ खेलमा ४ अंक भएको छ । नेपालले अब अर्को खेल आगामी सोमबार हङकङसँग खेल्ने तालिका रहेको छ ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *