सशस्त्र प्रहरी पर्साले बरामद गर्‍यो १३ लाख २० हजार रुपैयाँ बराबरको अबैध सामान।

समाचार

रसीद आलम,बिरगंज ,४ बैशाख।

सशस्त्र प्रहरी पर्साले मुल्य रु १३ लाख २० हजार २ सय ३५ बराबरको भन्सार छलिका विभिन्न सामानहरु बरामद गरेको छ।

सशस्त्र प्रहरी पर्साले बैशाख २ गते र बैशाख ३ गते जिल्लाको विभिन्न स्थानबाट अबैध रुपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउदै गरेका विभिन्न किसिमका सामान तथा सो ढुवानिमा प्रयोग गरिएका सवारी साधनहरु बरामद गरि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी गराए।

बैशाख ३ गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलिले बिरगंज महानगरपालिका-१६ भन्सार मेनगेट वरपरको ईलाकाबाट रु. ७ लाख ४० हजार ९ सय ५५  बराबरको किराना सामान, मोटर पर्टस र लत्ता कपडाको साथै कपडा ढुवानिमा प्रयोग गरिएको २ लाख बराबरको  बि.म.न.पा. १ ह २-००२२ नम्बरको अटो पक्राउ गरी विरगंज भन्सार कार्यालयमा बुझाएको सूचना अधिकारी डिएसपी सिंहले बताए।

सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलिले बैशाख २ गते २ लाख बराबरको ना.६३ प ६५१५ नम्बरको मोटरसाइकल र सो मोटरसाइकलमा ल्याउदै गरेको मुल्य रु. १२ हज!बराबरको पंखा बिन्दवासिनी गा.पा. २ बहुअर्वाभाठाबाट बरामद गरेको छ।

सुरक्षा बेश बेलवाबाट खटिएको गस्ति टोलिले रु. १ लाख ६७ हजार २सय ८० बराबरको कपडाहरु  वि.म.न.पा.-३२ टेडा रोडबाट बरामद गरि विरगंज भन्सार कार्यालयमा बुझाएको सिंहले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *