बिरगंज ,१० बैशाख।
सशस्त्र प्रहरी बल पर्साले रु.१५ लाख ३४ हजार ४ सय ६६ बराबरको भन्सार छलिएका सामानहरु बरामद गरि भन्सार दाखिला गरेको छ।
पर्साको बिरगंज महानगरपालिका-१६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट प्रस्ताबित सीमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलीले कपडा, ईलेक्ट्रोनिक्स, कस्मेटिक, खाद्यन्न, जुत्ता, चप्पल, खेलौना, मोटर पार्टसहरु र एम्बिसन/ कस्तुरी मदिरा लगायतका सामानहरु बरामद गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
चेकजाँचको क्रममा अबैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको सो विभिन्न समानहरु तथा उक्त सामानहरु ओसार पसारमा प्रयोग गरिएको १ वटा मोटरसाइकल र १ वटा स्कुटरलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी गराए।
बरामद गरिएको सामानहरु तथा सवारी साधनहरुको रु.१५ लाख ३४ हजार ४ सय ६६ बराबरको मुल्यांकन गरि आवश्यक कारबाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाईएको डिएसपी सिंहले बताए।
