साढे १३ लाख बराबरका अबैध समान पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

बिरगंज ,२४ बैशाख।

पर्सा प्रहरीले १३ लाख ६७ हजार ८ सय सत्तरी रुपैयाँ बराबरको भन्सार छलिएका अबैध मालबस्तुहरू पक्राउ  गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छलि भारतबाट नेपाल भित्र्याएका विभिन्न किसिमका लत्ताकपडाहरू, औषधीहरू र खाद्यान्न सामाग्रीहरू बरामद गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

बैशाख २३ गते  वीरगञ्जको वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डबाट कुर्ता सुरवाल-२४८ पिस, सर्ट थान कपडा-७८१ मिटर, पुजा थान कपडा-१८९० मिटर, काजु-२१० के.जी., स्मार्ट वाच-४० पिस, आईपोडस १२-१६३ पिस, आचार-९० डिब्बा, गुड्नाईट -३८४० डिब्बा लगायत करिब रु.१३ लाख ६७ हजार ४ सय बारबरको विभिन्न किसिमका कपडा, खाद्यान्न तथा ईलेक्ट्रोनिक्स सामानहरू पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *