हुण्डी कारोबारको आरोपमा पर्साको रबि कुमार पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,२५ बैशाख।

पर्सा प्रहरीले हुण्डी कारोबारीमा सलंग्न एक जना मानिसलाई स्रोत नखुलेको रु.१३ लाख २५ हजार रकमसहित पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मातहत वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरी टोलीले बैशाख २४ गते वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोक स्थित सडकखण्डबाट स्रोत नखुलेको नेपाली रु १००० दरको नोट ८८९ थान, रु ५०० दरको नोट ८५० थान ,रु १०० दरको नोट १० थान र बिभिन्न बैंकको खाली चेकहरु ७ थान सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२२ जगरनाथपुर बस्ने वर्ष २८ को रवि कुमार पटेल रहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३ -०१० प ६७१९ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई छिपाई राखिएको अवस्थामा उक्त रकम बरामद गरि पटेललाई नियन्त्रणमा लिएको डिएसपी थापाले बताए।

निज विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुङ्गेलले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *