बिरगंज ,२५ बैशाख।
सशस्त्र प्रहरी पर्साले रु. ८ लाख ४३ हजार ६ सय ६० बराबरको भन्सार छलिका विभिन्न अबैध सामान बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलिले विरगंज -७ रेल्वे रोड स्थित एक तिन तले घरबाट भन्सार छली ल्याई भण्डारण गरी राखेको रु.५ लाख ८२ हजार २ सय बराबरको ४०४ केजी सुपारी, १३० केजी जट्टामसी र ८६ पिस साडी बरामद गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) देबेन्द्र बहादुर सिंहले जानकारी दिए।
त्यस्तै , गुल्म विरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलिले भन्सार मेनगेट वरपरको ईलाकाबाट भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको २ लाख ६१ हजार ४ सय ६० रुपैयाँ बराबरको कपडा तथा किराना सामान बरामद गरेको छ।
बरामद गरिएका समानहरु आवश्यक कार्वाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी पर्साले जनाएको छ।
