वडा प्रहरी कार्यालय विर्ताले नियन्त्रणमा लियो ५ लाखको अबैध समान।

समाचार

बिरगंज ,२५ बैशाख।

वडा प्रहरी कार्यालय विर्ताले भन्सार छलिएका ५ लाख रुपैया बराबरको विभिन्न अबैध समान नियन्त्रणमा लिएको छ।

बिभिन्न मिति र समयमा बिर्ता प्रहरीका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा तथा मातहत कार्यालय समेतवाट खटिएको प्रहरी गस्ती टोलीले भारतवाट भन्सार छली चोरी पैठारी गरी नेपालतर्फ ल्याउंदै गरेको कपडा, जुत्ता, मोबाईलको टेम्पर ग्लास, हेड फोन तथा हार्डवेयरको पार्टसहरु पक्राउ गरेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिईएको समानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको बिर्ता प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *