पर्सा प्रहरीको ठुलो सफलता ,जिल्ला प्रशासन कार्यालयका तत्कालीन शाखा अधिकृत मैनालीलाई गोली हानी हत्या गरेको आरोपी गिरी पक्राउ।

समाचार

रसीद आलम ,बिरगंज ,८ जेठ ।

पर्सा प्रहरी प्रमुख अपराध नियन्त्रण विशेषज्ञले चिनिने एसपी कुमोध ढुंगेलको नेतृत्वमा पर्सा प्रहरीले ठुलो सफलता हात पारेको छ।जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको तथा विभिन्न जघन्य प्रकृतिका अपराधहरूमा संलग्न फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा साविक गा.वि.स.महुवन वडा नं.४ हाल सखुवा प्रसौनी गा.पा.वडा नं.७ महुवन बलुवा बस्ने वर्ष ७२ को प्रेम गिरी रहेको प्रहरीले जनाएको छ।

प्रेम गिरि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दा लगायत नेपाल तथा भारतको विभिन्न स्थानहरुमा हत्या, चोरी, डकैती तथा अन्य अपराधिक कृयाकलापहरूमा संलग्न रही बिगत लामो समय देखि प्रहरीको खोजीमा रहेका थिए ।

जेठ ६ गते विशेष सूचनाको आधारमा पर्साका एसपी कुमोध ढुंगेलको नेतृत्वमा प्रेम गिरीलाई लुकीछिपी बस्दै आएको अवस्थामा निजकै घरबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

गिरिलाई कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।

पर्सा प्रहरीका अनुसार प्रेम गिरी संलग्न रहेका अपराधहरू :-

• मिति २०६५।०६।२२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दा,

• मिति २०५७।०५।१२ गते १२:३० बजे रातीको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.वि.स.वडा नं.४ बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादव मृत्यु भएको खुन डाँका मुद्दा,

• मिति २०६६।११।१९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको,

• मिति २०६०।०९।२५ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको,

• मिति २०६०।०३।०३ गतेको  पूनरावेदन अदालत हेटौडाको फैसलानुसार हात हतियार तथा खरखजाना मुद्दामा फरार रहेको ,

• मिति २०५६।०२।०४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेको ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *