एक करोड भन्दा बढीका समान सहित दुईवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

समाचार

बिरगंज ,९ जेठ ।

पर्सा प्रहरीले एक करोड उन्नचालीस लाख तेह्र हजार चार सय वयालीस बराबरको सामानहरू लोड रहेको दुईवटा ट्रकहरू पक्राउ  गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले १ करोड ३९ लाख १३ हजार ४ सय ४२ रुपैयाँ बराबरको खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयरका समानहरु बरामद गरेको छ।

जेठ ७ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर -८ घण्टाघर स्थित सडकखण्डबाट प्रदेश २-०३-००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रकमा लोड रहेको १ करोड ३७ लाख ५८ हजार ८ सय ४२ रुपैयाँ बराबरको कपडा, औषधी तथा खुद्रा सामानहरू बरामद गरि ट्रक र समानलाई आवश्यक कार्वाहीको लागी  राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी )कुमार बिक्रम थापाले जानकारी दिए।

त्यस्तै , वीरगञ्ज महानगरपालिका वडा नम्बर-१६ ईदगाह चोक स्थितबाट रू.१ लाख ५४ हजार ६ सय  बराबरको कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू नियन्त्रणमा लिई मिति २०८१।०२।०८ गते आवश्यक कार्वाहीको लागी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी थापाले जनाए  ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *