पर्सा प्रहरीद्वारा १ करोड ४६ लाख बराबरको सामानहरू लोड रहेको ट्रकहरू पक्राउ ।

समाचार

रसीद आलम ,बिरगंज ,२९ जेठ ।

एक करोड छयालीस लाख एक हजार आठ सय उनान्पचास बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू लोड रहेको ३ वटा ट्रकहरू पर्सा प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले रु.१ करोड ४६ लाख १ हजार ८ सय ४९ बराबरको औषधी, हार्डवेयर तथा खुद्रा सामानहरू बरामद गरि आवश्यक कारवाहीको लागि मिति २०८१।०२।२८ गते राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताएका छन् ।

जेठ २८ गते राति १२:३० बजेको समयमा वीरगञ्ज वडा नम्बर ८ घण्टाघर स्थित सडकखण्डबाट १ करोड १६ लाख ६३ हजार ८ सय १८ बराबरका औषधी, कपडा तथा खुद्रा सामानहरू लोड रहेको बा प्र.०३-००१ ख २३११ र ग.१ क ५१११ नम्बरको ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ्।

त्यस्तै , जेठ २८ गते राति २:४५ बजेको समयमा वीरगञ्ज वडा नम्बर १४ गण्डक चोकबाट २९ लाख ३८ हजार ३१ रुपैयाँ बराबरको हार्डवेय तथा खुद्रा सामानहरू लोड रहेको ना.४ ख ८३८५ नम्बरको ट्रक पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।

पक्राउ परेका ट्रकहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको डिएसपी भारतीले बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *