वीरगञ्जमा एक जनाको शव फेला

समाचार

वीरगञ्ज, २९ जेठ । वीरगञ्जमा एक जनाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका-११ रानिघाट नजैकै सिर्सिया नदीमा सोमबार दिउँसो एक व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ।

अन्दाजी ५० वर्षजस्तो देखिने पुरुषको शव नदीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवलाई नियन्त्रणमा लिइ पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा शवको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *