बिरगंज ,२९ जेठ ।
पर्सा प्रहरीले १० लाख ७४ हजार आठ सय पचास रुपैयाँ बराबरको विभिन्न किसिमको मोटरसाईकल पार्टसहरु छापामारी गरि बरामद गरेको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जेठ २८ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानिटंकी स्थित मुकेश रौनियारको दुई तल्ले घरबाट रु.१० लाख ७४ हजार ८ सय ५० बराबरका विभिन्न किसिमका मोटरसाईकल पार्टसहरु बरामद गरि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाएका छन् ।
भारत बिहार पुर्वी चम्पारण रक्सौल बस्ने अजय गुप्ताले सो घरकोठा भाडामा लिई भन्सार छली लुकाई छिपाई भण्डारन गरि राखेको अवस्थामा मोटरसाईकल पार्टसहरु बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ।
