रसीद आलम ,बारा,११ असार।
बारा प्रहरीले लागू औषध खैरो हिरोइन ९ ग्राम ७६० मिलिग्राम सहित ३ जना मानिसहरूलाई सिमराबाट पक्राउ गरेको छ।
असार ९ गते दिउँसो १२:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहत ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर २ सिमरा चोकमा वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखेको ९ ग्राम ७६० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद हुँदा चालक सहित ३ जनालाई नियन्त्रणमा लिईएको बारा प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा बस चालक पर्साको वीरगंज- ३२ बस्ने वर्ष ३० को मुनि लाल प्रसाद रौनियार ,बस सह-चालक पर्सा पोखरिया -२ बस्ने वर्ष १९ को दिपेन्द्र शर्मा र बस सह-चालक पकहामैनपुर-४ खेस्राहा बस्ने वर्ष १९ को भिम गिरी रहेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको डिएसपी न्यौपानेले जानकारी दिए।
