ट्रकको ठक्करबाट एकजनाको मृत्यु,ठक्कर दिने गाडी र चालक बारा प्रहरीको नियन्त्रणमा।

समाचार

रसीद आलम ,बारा ,२६ असार।

ट्रकको ठक्करबाट बारामा एकजना ब्यक्तिको ज्यान गएको छ।ठक्कर दिने ट्रक र चालकलाई बारा प्रहरीले पक्राउ गरेको जनाएको छ।

असार २२  गते बाराको निजगढ नगरपालिका वडा नं.११ उन्नासी पुल स्थित पुर्व पश्चिम लोकमार्गमा ट्रकले नाम थर वतन नखुलेको ५० वर्षीय पुरूष व्यक्तिलाई ठक्कर मारी फरार भएको थियोे ।

दुर्घटनाको खबर पाउन साथ ईलाका प्रहरी कार्यालय निजगढ बाट प्रहरी टोलि घटना स्थलमा पुगि घाईतेलाई उपचारको लागी सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा पठाईएको थियोे तर स्वास्थ्यमा सुधार नभई थप उपचारको लागी प्रादेशिक अस्पताल कलैयामा लगियो र उपचार कै क्रममा असार २३ गते राती १:०० बजेको समयमा निजको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुक्ष्म अनुसन्धान पश्चात उक्त घटनामा संलग्न रहेको सवारी साधन तथा चालक समेतलाई पत्ता लगाई खोजतलास गरी असार २६ गते सवारी चालक जिल्ला सर्लाही बागमती नगरपालिका वडा नं.५ बस्ने वर्ष २९ को अनिश खरेल र ना ८ ख ३९७५ नम्बरको ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय निजगढको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

सवारी ज्यान सम्बन्धि कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद लिई थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरी का प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *