मकवानपुर: अवैध पशु ढुवानी नियन्त्रणमा

समाचार

हेटौंडा ,३० असार |  गत राति मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका-५ क्याम्पाडाँडा स्थित कान्तिलोकपथमा चार वटा ट्रकहरूमा अवैध रूपमा ढुवानी गरिएका ९७ वटा भैंसी तथा राँगाहरू नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय हेटौंडाबाट खटिएको चेकिङ टोलीले राति करिब १०:१५ बजे यी ट्रकहरूलाई रोकेर जाँच गरेको थियो।

प्रहरीका अनुसार, जनकपुरको सपहीबाट र गौरबाट काठमाडौंतर्फ जाँदै गरेका ना ५ ख ६२२१, ना ६ ख ४४४४, ना ७ ख ६२४४ र बा प्र ००१-०१ ख २२३६ नम्बरका ट्रकहरूमा निर्धारित मापदण्डभन्दा बढी संख्यामा पशुहरू लोड गरिएको पाइएको छ।

जाँचपछि, मापदण्ड अनुसारका ७६ वटा भैंसी र राँगाहरूलाई  भने गन्तव्यतर्फ पठाइएको छ। बाँकी २१ वटा पशुहरूलाई भने सम्बन्धित पक्षले व्यवस्था गरेको प्रदेश २-०३-००१ ख ६३४१ नम्बरको ट्रकमार्फत बिहान ६:४५ बजे पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, ना ५ ख ६२२१ ट्रकमा २५ मध्ये २०, ना ६ ख ४४४४ मा २७ मध्ये २०, ना ७ ख ६२४४ मा २६ मध्ये २०, र बा प्र ००१-०१ ख २२३६ मा १९ मध्ये १६ वटा पशु मात्र नियमानुसार पठाइएको छ।

मकवानपुर प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। अवैध पशु ढुवानी नियन्त्रणका लागि प्रहरीले कडा निगरानी जारी राखेको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *