सशस्त्र प्रहरी पर्साद्वरा साढे १७ लाखको भन्सार छलिका समान बरामद ।

समाचार

रसीद आलम ,बिरगंज ,२ साउन ।

सशस्त्र प्रहरी पर्साले रु.१७ लाख ६६ हजार ४ सय २५ बराबरको  भन्सार छलिका समान बरामद गरेको छ।

साउन १ गते प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलीले  बिरगंज-१६ भन्सार मेनगेट वरपर तथा अन्य बिभिन्न नाकाहरुबाट भारतबाट अबैध रुपमा भन्सार छलि १० वटा साईकल तथा बिभिन्न सार्वजनिक सवारी साधनहरुमा लोडगरी नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु. १४ लाख ४७ हजार ६ सय १५ बराबरको किराना, कपडा, मोटरपाट्स, हार्डवयर, जुत्ता/चप्पल, स्याउ, खजुर, साईकल १० वटा र ब्यक्तिले प्रयोग गर्ने नर्मल औषधिहरु बरामद गरी आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यस्तै ,गुल्म बिरगंजबाट खटिएको टोलिले बिरगंज-१६ स्थित बाईपास रोडबाट विशेष सुचनाको आधारमा अबैध रुपमा भन्सार छलि ल्याई रिमा अग्रवालको घरको दोश्रो तल्लामा भगवान यादवले गोदाम गरी राखि राखेको रु. ३ लाख १८ हजार ८ सय बराबरको मोनो जिन्क मल ८९६ के.जि. र बोरा सिलाउने मेसिन २ थान नियन्त्रणमा लिई उक्त सामन आवश्यक कारवाहिको लागि बिरगंज भन्सार कार्यालयमा बुझाएको प्रवक्ता तथा सूचना अधिकारी डिएसपी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *