बारामा छतवा प्रहरीद्वारा हुन्डीको १० लाख २० हजार रकम सहित २ जना पक्राउ।

समाचार

रसीद आलम ,बारा ,७ साउन ।

हुण्डी कारोबारमा संलग्न २ जना व्यक्तिलाई अवैध रकम सहित बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको आधारमा साउन ६ गते ईलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष केसिको कमाण्डमा खटिएको प्रहरी टोलिले बाराको बिश्रामपुर गाँउपालिका वडा नं.१ घोडासहन नाकाबाट स्रोत नखुलेको १० लाख २० हजार नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ।

ना ३६ प ४५६३ नम्बरको  मोटरसाईकलमा भारतबाट नेपालमा श्रोत नखुलेको रकम ओसार पसार गर्ने क्रममा बाराको फेटा गाँउपालिका वडा नं.६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र वर्ष २२ को बागर अंसारीलाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख एसपी महेन्द्र खड्काले जानकारी दिएका छन् ।

हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बारा कलैयाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको एसपी खड्काले जनाए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *