रसीद आलम,बारा,११ साउन ।
सशस्त्र प्रहरी बारा बिओपी बरैनियाले लाखौं मुल्य बराबरको फुटबल सुज लगायतका समान नियन्त्रणमा लिएको छ।
साउन १० गते राती अन्दाजी ८:२० बजेको समयमा बाराको बिश्रामपुर गा.पा.२ कान्तिपुर सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ साईकलको प्रयोग गरी ल्यादै गरेको मुल्य १ लाख २० हजार बराबरको ८० जोर फुटबलको सुज र सो ढुवानीमा प्रयोग गरिएको १५ सय रुपैयाँ बराबरको साईकल बरामद गरिएको सशस्त्र प्रहरी बाराले जनाएको छ।
बिओपि बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिएका गस्ती टोलीलाई देख्ना साथ उक्त फुटबलको सुज र साईकल सोही स्थानमा छाडी व्यक्ति फरार भएको हुँदा सो समान बरामद गरी आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले जानकारी गराएको छ।
