बिरगंज ,२२ साउन ।
पर्सा प्रहरीले लागुऔषध चरेस सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले बिरगंजको शन्कराचार्य मुख्य द्वारनीर मंगलवार बिहान् लागुऔषध चरेस १० केजी सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा निजहरुले ब्याग तथा झोलामा लुकाई छिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा ५०० ग्रामको २० प्याकेट चरेस प्रहरीले बरामद गरेको स्रोतले दाबी गरेको छ।
सो सम्बन्धमा प्रवक्ता डिएसपी दिपक भारतीसंग फोन सम्पर्क गर्दा प्रहरीले चरेस बरामद गरेको छ , त्यसको बिस्तृत विवरण केही समय पछि उपलब्ध गराउने बताएका छन् ।
पक्राउ परेकाहरूको नाम र ठेगाना हामीलाई अहिलेसम्म आधिकारिक रुपले प्राप्त नभएकाले उल्लेख गरेका छैनौं।
