रसीद आलम ,बिरगंज ,२३ साउन ।
पर्सा प्रहरीले भारतीय प्रतिबन्धित नोट २ लाख १९ हजार सहित बिहार घोडासहनका एक जना ब्यक्तिलाई पक्राउ गरेको छ।
साउन २१ गते जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा भारतको रक्सौलबाट संकास्पदरूपमा आउदै गरेको एक जना व्यक्तिलाई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरका नोट ४३८ थान बरामद हुँदा निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण बिहार जिल्ला मोतिहारी घोडासाहन बस्ने दिनानाथ प्रसादको छोरा वर्ष २९ को अनिल कुमार रहेको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जनाए।
बरामद भारतीय रुपैया दुई लाख उन्नाइस हजार सहित अनिल कुमारलाई आवश्यक कारवाहीको लागि साउन २२ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी भारतीले बताएका छन् ।
