वीरगञ्ज,२० असोज । जनमत पार्टी पर्साले पार्टीको जिल्ला प्रवक्तामा शाहनवाज राकिलाई नियुक्त गरेको छ।
जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफद्वारा जारी विज्ञप्तिमा पार्टीको विधान तथा नीति–नियमअनुसार राकिलाई जिल्ला प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ।
पार्टीप्रति राकीले पुर्याएको योगदान, लगनशीलता तथा सक्रियताको उच्च मूल्याङ्कन गर्दै उनलाई प्रवक्तामा नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
नवनियुक्त प्रवक्ता राकिले जनमत पार्टीको विचार, नीति तथा सार्वजनिक गतिविधिहरूलाई आम जनमानस र सञ्चारमाध्यमसमक्ष आधिकारिक रूपमा सम्प्रेषण गर्ने जिम्मेवारी निर्वाह गर्ने जनाइएको छ।
पार्टीले राकिबाट प्रवक्ताको जिम्मेवारी कुशल, प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।
जिल्ला अध्यक्ष सर्राफले जारी गरेको विज्ञप्तिमार्फत उक्त नियुक्तिबारे औपचारिक जानकारी गराइएको हो।
