बारा ,२० असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गत बि.ओ.पि. बरैनियाले भन्सार छली भारतबाट नेपालतर्फ ल्याइँदै गरेको रु. ३ लाख ३८ हजार १८० बराबरको विभिन्न सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार २०८३ असोज २० गते बिश्रामपुर गाउँपालिकाका विभिन्न स्थानमा बि.ओ.पि. बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमाण्डमा खटिएको ५ जनाको मोबाइल गस्ती टोलीले चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद सामानमा कफी दाना, भारतीय नम्बर प्लेट भएको मोटरसाइकल १ थान, लसुन, धुलो खुर्सानी, औषधि, चिनी लगायत विभिन्न किराना सामान रहेका छन्।
भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको उक्त सामान आवश्यक कारबाहीका लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल बाराले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने भन्सार छली तथा अवैध चोरी–पैठारी नियन्त्रणका लागि बि.ओ.पि. बरैनियाले निगरानी र मोबाइल गस्तीलाई थप प्रभावकारी बनाएको सशस्त्र प्रहरीले जनाएको छ।
