अनलाईन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ

समाचार

काठमाडौं ,१५ जेठ ।। अनलाईन मार्फत रकम ठगी गरी बिनान्स एपमार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाडौं कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो ।

उनले सामाजिक संजाल फेसबुक, टेलिग्राम लगायतका एपहरूको माध्यमबाट साथी बनाई अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा २ लाख १६ हजार रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले बिनान्स एप मार्फत हाल सम्म १ करोड ५१ लाख ७५ हजार ७४ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जनाएको छ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *