पर्साका हरिहरपुर बस्ने ललन पसवान सहित २ जना पक्राउ, लागु औषध गाजा बरामद ।

समाचार

बिरगंज ,६ भदौ।

पर्सा प्रहरीले लागु औषध गाजा सहित दुईजनालाई पक्राउ गरेको छ।

चेकजाँचको क्रममा प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले बिरगंज -१६ शन्कार्चाय गेट नीर लागु औषध गाजा ६ केजि ७ ग्राम सहित दुईजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका -३ हरिहरपुर वस्ने वर्ष ३५ का ललन पसवान र बाराको जितपुर सिमरा -२२ अमलेखगञ्ज बस्ने वर्ष १९ का उमेश सिंह रहेको पर्सा प्रहरीले जानकारी गराएको छ।

बिहीवार दिउँसो करिब २ बजेको समयमा नेपालबाट भारत तर्फ गैइरहेको अवस्थामा बिरगंजको शन्कार्चाय गेटनीर चेकजाँच गर्ने क्रममा ललन पसवानले झोला र कम्मरमा लुकाई छिपाई राखिएको अवस्थामा ५ केजि ९०० ग्राम गाजा बरामद भएको तथा उमेश सिंहले झोलामा लुकाई राखेको ८०० ग्राम गाजा फेला परेकाले निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *