रसीद आलम ,बिरगंज ,९ भदौ।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल पर्साले सन्युक्त रूपमा चेकजाँचको क्रममा बिरगंज -१६ बाट लागू औषध गाजा १९ केजि ७६ ग्राम सहित तिनजना भारतिय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार बैशाली बस्ने वर्ष २६ को निरज मिश्रा,वर्ष २० को छोटु झा र वर्ष २८ को मिठु कुमार रहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी ईनर्वाबाट प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले आइतबार दिउसो २:२८ बजेको समयमा बिरगंजको -१६ मा पर्ने शन्कराचार्य गेट अगाडिबाट बैगमा लुकाईछिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा लागू औषध गाजा ९ केजि ५०० ग्राम सहित निरज मिश्रा र छोटु झालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जानकारी गराएको छ।
त्यस्तै , आजै बेलुका ३:५० बजेको समयमा प्रहरी चौकी ईनर्वाका प्रहरी हवलदार रोजिना तामाङ र प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजका सशस्त्र प्रहरी सहायक निरीक्षक बैधनाथ चौधरीको सन्युक्त कमान्डमा खटिएका टोलिले चेकजाँच गर्ने क्रममा बिरगंज-१६ स्थित भन्सार गेट अगाडीबाट ब्यागमा लुकाएर भारत तर्फ लागिरहेको अवस्थामा लागू औषध गाजा ९ केजि ८६ ग्राम सहित मिठु कुमारलाई नियन्त्रणमा लिएको छ।
सो सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कार्वाही भैइरहेको प्रहरीले जानकारी दिएको छ।
