पर्सा, पौष २८।
“२५औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत रोटरी क्लब अफ वीरगञ्जसँगको सहकार्यमा पर्सा जिल्लाका विभिन्न पालिकाका २०३ विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) वितरण गरेको छ।
कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्षहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
वितरण कार्यक्रम अन्तर्गत—
=सीमा सुरक्षा गुल्म हे.क्वा. अलौको प्राङ्गणमा वीरगञ्ज महानगरपालिका–१७ का ३४ परिवार,
=बिओपी अमरपट्टीको प्राङ्गणमा बिन्दवासिनी गाउँपालिका–३, ४ र ५ का ३७ परिवार,
=बिओपी पिडारीगुठ्ठीको प्राङ्गणमा जगरनाथपुर गाउँपालिका–१ का १६ परिवार,
=बिओपी भिष्वाको प्राङ्गणमा छिपहरमाई गाउँपालिका–३, ४ र ५ का ७१ परिवार,
=बिओपी महादेवपट्टीको प्राङ्गणमा जिराभवानी गाउँपालिका–१ का १५ परिवार,
=सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुरको प्राङ्गणमा धोविनी गाउँपालिका–२ र जगरनाथपुर गाउँपालिका–२ का ३० परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।
जाडोयाममा सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ।
कार्यक्रम सम्बन्धी जानकारी सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले दिएका हुन्।
