रसीद आलम,बिरगंज ,२३ भदौ।
सशस्त्र प्रहरी बल पर्साले ४ लाख बराबरको २७ डीब्बा काजु र ६ बोरा मरीच तथा ३ लाख बराबरको अटोसहित बिनोद कुश्वाहालाई पक्राउ गरेको छ।
बाराको बिश्रामपुर गाँउपालिका -२ बरैनिया बस्ने बर्ष २५ को बिनोद कुश्वाहालाई भदौ २३ गते आइतबार दिउँसो १२:३५ बजेको समयमा बिरगंज महानगरपालिका -१० आदर्शनगरबाट भन्सार छलिएका तस्करीको काजु ,मरिच सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको टोलिले भारतबाट अबैध रुपमा भन्सार छलि ना २ ह ५९६ नम्बरको टेम्पुमा लोड गरी घण्टाघर तर्फ जादै गरेको अवस्थामा काजु, मरिच तथा अटोसहित कुश्वाहालाई पक्राउ गरिएको हो।
कुश्वाहा अटोचालक समेत रहेको सशस्त्रले जनाएको छ।उक्त सम्बन्धमा थप अनुसन्धान भैइरहेको तथा आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाउने प्रक्रीया भईरहेको सशस्त्र प्रहरी पर्सा प्रवक्ता डिएसपी देबेन्द्र बहादुर सिंहले बताएका छन् ।
