बारा प्रहरीद्वारा ३६ लाख बराबरको समान सहित ट्रक पक्राउ।

समाचार

रसीद आलम ,बारा,२६ भदौ।

बारा प्रहरीले ३६ लाख बराबरको समान सहित एक ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाईएको छ।

भदौ २५ गते राति १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा मातहतमा पर्ने प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोकबाट ना ३ ख १६४३ नम्बरको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

बारा प्रहरीका अनुसार  वीरगंजबाट झापातर्फ जादै गरेको सो ट्रक शंकास्पद लागी रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको३६ लाख १२ हजार ४ सय ६८ रूपैया बराबरको कपडा, पेन्ट, मोटर पार्टस, चक्लेट र अन्य खुद्रा समान सहित ट्रकलाई नियन्त्रणमा लिईएको प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जनाएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *