काठमाडौ ,१७ कार्तिक ।
चाडपर्वको अवसरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल प्रहरीले लामो दूरीको विशेष गस्ती सञ्चालन गरेको छ। विभिन्न मार्ग र राजमार्गमा प्रहरीको उपस्थिति सुदृढ गरी चाडपर्वका समयमा हुन सक्ने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको हो।
नेपाल प्रहरीका अनुसार, यस गस्ती अभियानमार्फत यात्रुहरूको सुरक्षामा विशेष ध्यान दिइनेछ। साथै, कुनै पनि अवाञ्छित गतिविधि नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्ने प्रहरीको तयारी छ।
