सर्लाहीको हरिपूर्वामा झुण्डिएको अवस्थामा युवकको शव फेला

समाचार

सञ्जय मिश्रा, सर्लाही ,२३ कार्तिक । सर्लाहीको हरिपूर्वा नगरपालिका स्थित एकजना युवकको शव रुख माथि झुण्डिएकोअवस्थामा फेला परेको छ । युवकको हत्या गरिएको आशंका गरिएको छ ।

हरिपुर्वा ४ डुमरिया गाउँमा स्थानीय सिकिन्द्र रायको छोरा अन्दाजी १९ बर्षको धिरज रायको हाथ खुट्टा बाँधिएको तथा रुखमा झुन्डिएको अवस्थामा शव  फेला परेका हुन् । पीडित परिवारले कसैले धीरजको हत्या गरेर रुखमा झुण्ड्याएको हुनसक्ने दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपि दीपक श्रेष्ठले घटनाको पुष्टी गरेका छन् । प्रवक्ता श्रेष्ठले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टरको कमाण्डमा बिशेषज्ञको टोली घटनास्थल गएको जानकारी दिएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *