मुख्यमन्त्री सिंहद्वारा गढीमाई मेलाको दर्शन

बिदेश राजनीति समाचार

बारा,१३ मंसिर  । बारा जिल्लाको महागढीमाई नगरपालिकाको बरियारपुरमा यही मंसिर १ गतेदेखि सुरु भएको विश्व प्रसिद्ध गढिमाई मेलाको अवलोकन तथा निरीक्षण गर्ने क्रम जारी नै छ। गढीमाई मेलाको केन्द्रदेखि प्रदेश मातहतका मन्त्री, मुख्यमन्त्री, राजनीति दलका नेतालगायतले अवलोकन तथा निरीक्षण गरिरहेको मेला मूल समितिले जनाएको छ।

बुधबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले गढीमाई मेलाको अवलोकन, निरीक्षण तथा दर्शन गरेका छन्। मेलाको अवलोकन तथा निरीक्षण गर्नु अगाडि मुख्यमन्त्री सिंहले गढीमाई मन्दिर पुगेर दर्शन गरेर पूजासमेत गरेको मेला मूल समितिले जनाएको छ।

गढीमाई मेलालाई सभ्य र भब्य बनाउन आफूले प्रदेशका विभिन्न मन्त्रीलाई निर्देशन दिएको उनको भनाइ थियो। गढीमाई मेलालाई सफल बनाउन मधेश प्रदेश लागि परेको र मधेश प्रदेश सरकार आवश्यक पर्ने उपकरणलगायत सामग्री सहयोग गर्न तयार रहेको मुख्यमन्त्री सिंहले बताए।

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले केन्द्र सरकारलाई घचघच्याउने उनले बताए। सो क्रममा मुख्यमन्त्री सिंहलाई महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले फूलमाला लगाएर स्वागत गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *