सेवाग्राहीलाई दुःख दिने १८ जना बिचौलिया पक्राउ: पर्सा प्रहरी ।

बिदेश राजनीति समाचार

बिरगंज ,१३ मंसिर ।

पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित बसपार्क क्षेत्रमा यात्रुहरूलाई दुःख हैरानी दिने तथा यातायात कार्यालयमा आएका सेवाग्राहीहरूलाई काम छिटो गरिदिन्छु भन्दै अवैध रूपमा वार्गेनिङ गर्ने, कार्यालय परिसरमा अनधिकृत प्रवेश गरी सेवाग्राहीहरूलाई प्रलोभनमा पारी अत्याधिक शुल्क लिने र दुःख दिने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्राप्त जनगुनासोको आधारमा मिति २०८१ मंसिर १३ गते दिउँसो १२:३० बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनुगमन गर्दा ती व्यक्तिहरूलाई यस्तो कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरूको विवरण:
१. संजिव गुप्ता, वर्ष २१, बिन्दवासिनी गाउँपालिका वडा नं. १, पर्सा

२. बिजय साह, वर्ष ५१, वीरगञ्ज महानगरपालिका वडा नं. ८

३. बजरंगी महतो, वर्ष १८, रानीघाट, वडा नं. १०
४. राहुल महतो, वर्ष २२, रानीघाट
५. बिजय साह, वर्ष ३८, रानीघाट
६. फिरोज खान, वर्ष २८, रानीघाट
७. जटाशंकर कुमार, वर्ष २५, मोतिहारी, बकतौरा, भारत
८. नरेश साह सोनार, वर्ष २५, माधवनारायण नगरपालिका वडा नं. १, रौतहट
९. सुशान्त कुँवर, वर्ष २६, गोरखा नगरपालिका वडा नं. ९
१०. प्रभु पटेल, वर्ष ३५, वीरगञ्ज वडा नं. १०
११. सन्देश सिंह, वर्ष ३१, वीरगञ्ज वडा नं. १५
१२. बिकाश पटेल, वर्ष २०, वीरगञ्ज वडा नं. १६
१३. जय पुजन ठाकुर, वर्ष ३१, वीरगञ्ज वडा नं. ११
१४. मनिष महतो, वर्ष २३, वीरगञ्ज
१५. चन्दन कुमार चौरसिया, वर्ष २२, वीरगञ्ज
१६. सन्तोष महतो, वर्ष ३५, वीरगञ्ज
१७. इद मियाँ धोबी, वर्ष २३, वीरगञ्ज वडा नं. १४
१८. सुरज भगत माली, वर्ष ४०, वीरगञ्ज वडा नं. ११

पक्राउ परेका व्यक्तिहरूमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *