नेपाली लिन गएको विमान इजरायल पुग्यो

समाचार

काठमाडौं, २५ असोज । हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल हबिब विमानस्थलमा अवतरण गरेको छ ।

बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपाली समयअनुसार दिउँसो २ बजे इजरायलको तेल हबिबमा अवतरण गरेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुबईलाई ‘टान्जिट’ बनाएर नेपाल एयरलाइन्सको विमान इजरायल पुगेको हो । सोही विमानमा नेपालीलाई उद्धार गर्न भन्दै परराष्ट्रमन्त्री एनपी साउद इजरायल पुगेका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *