बिरगंज ,१७ मंसिर ।
वीरगंजमा चोरी भएको मोटरसाइकल पर्सा प्रहरीले फेला पारेको छ ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ४ स्थित नारायणी अस्पताल अगाडि मिति २०८१।०५।२४ गते साँझ ६ बजे चोरी भएको ना.५९ प.३२९ नम्बरको १५० सि सिको रातो-कालो मोटरसाइकल जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताले वेवारिसे अवस्थामा फेला पारेको छ।
कागजातको चेकजाँचपछि उक्त मोटरसाइकल वीरगंज महानगरपालिका वडा नं. ३ छपकैया टोल निवासी ३५ वर्षीय शेख सम्सादलाई मिति २०८१।०८।१७ गते जिम्मा लगाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंको प्रतिबद्धता: अपराध नियन्त्रण र शान्ति सुरक्षा सुनिश्चित:
Advrts

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले चोरी, तस्करी, र अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै समाजमा शान्ति र सुरक्षा कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार अपराध नियन्त्रण र कानूनी शासन लागू गराउने कार्यमा कार्यालयले उच्च प्राथमिकता दिएको छ। साथै, स्थानीय नागरिकहरूसँग सहकार्य गर्दै अपराधमुक्त समाज निर्माणमा योगदान दिने उद्देश्यले विभिन्न योजनाहरू कार्यान्वयन गर्ने तयारी भइरहेको छ।
चौलागाईंले शान्ति सुरक्षामा कुनै सम्झौता नगर्ने बताउँदै अपराधजन्य गतिविधिहरूलाई जरोमै नष्ट गर्ने अभियानमा सबैको सहयोग आवश्यक रहेको औँल्याए।
