बीरगंज, १८ मंसिर।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको ईनर्वा प्रहरी चौकीले २ लाख ४६ हजार रुपैयाँ बराबरको बिलबिजकविहीन कपडा नियन्त्रणमा लिएको छ।
नेपालबाट भारततर्फ लैजान क्रममा उक्त कपडालाई ईनर्वा क्षेत्रस्थित शंकराचार्य गेट अगाडि पक्राउ गरिएको हो।
प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित जाँचका क्रममा उक्त कपडालाई नियन्त्रणमा लिएको बताइएको छ।

प्रहरीले नियन्त्रणमा लिइएको कपडाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
