पर्सा, ४ पुस।
सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको टोली र इलाका प्रहरी कार्यालय एकटांगाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक यज्ञनन्द प्रसाद साहको कमान्डमा खटिएको संयुक्त टोलीले अवैध गाँजा खेती नष्ट गरेको छ।
विशेष सूचनाको आधारमा गरिएको यस कारबाहीमा पर्सा जिल्लाको सखुवापर्सौनी गाउँपालिका-१, सखुनिया स्थित बिन्दबासिनी, कोईलाभार, र बडनिहार साझेदारी वन उपभोक्ता समितिको करिब ८ बिघा जग्गा अतिक्रमण गरी लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी विष्णु हरि घिमिरेका अनुसार यो कारबाहीले अवैध लागुऔषध खेती नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ।
