पुस १३ देखि हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने

बिदेश राजनीति समाचार

हेटौंडा, ६ पुस।  हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ ।

 

होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो ।

 

“सडकमा जाऔं, सडकमा खाऔं र सडकमै रमाऔं” भन्ने नाराका साथ महोत्सव गर्न लागिएको महोत्सवका संयोजक तथा निवर्तमान अध्यक्ष शंखरलाल श्रेष्ठले जानकारी दिए।

आन्तरिक पर्यटन प्रवर्द्धन तथा खानाका पारखीहरूलाई एकै स्थानमा खानाका परिकार पस्केर ग्राहकहरूलाई सेवा दिने र स्थानीय कलाकारहरूको नृत्य, गायन र ब्यान्डलाई समेत प्रवर्द्धन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।

 

महोत्सव हेटौंडा–४ स्थित हुप्राचौरको खेल मैदानदेखि पूर्वपट्टिको उत्तर–दक्षिण सडकमा हुने आयोजकले जनाएकाे छ ।

महोत्सवमा यस वर्ष करिब ५० वटा खानाका स्टल रहनेछन् । आयोजकको अनुमानअनुसार करिब ३० देखि ४० हजार दर्शक महोत्सवमा सहभागी हुनेछन् भने ६० देखि ७० लाखसम्मको कारोबार हुने अनुमान गरेका छन् ।

होटल एसोसिएसन अफ मकवानपुरको यो ११औं सडक खाना महोत्सव हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *