पर्सामा जुवाखालबाट ६ जना पक्राउ, १ लाख ४५ हजार रुपैयाँसहित तास बरामद

बिदेश राजनीति समाचार

बिरगंज ,७ पुस ।

जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ स्थित सोनालाल कुशवाहाको घरको छतमा भइरहेको जुवाखालमा छापा मारेर ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीले जुवाखालबाट नगद १ लाख ४५ हजार ५४० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमा वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका बासिन्दाहरू रहेका छन्।

पक्राउ परेका व्यक्तिहरूको विवरणः

बिमल बहादुर क्षेत्री (वर्ष ४२ ), वडा नं. ११

धुरेन्द्र प्रसाद यादव (वर्ष ४६ ), वडा नं. ४

नरेश बहादुर सिंह पौडेल (वर्ष ४५ ), वडा नं. १७

जयराम प्रसाद (वर्ष ४५ ), वडा नं. १७

गणेश कुमार थापा (वर्ष ५९ ), वडा नं. ११

राम श्रेष्ठ (वर्ष ३१ ), वडा नं. १३

पक्राउ परेका व्यक्तिहरूमाथि जुवा सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय पर्साबाट ७ दिनको म्याद थप अनुमति लिइएको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *