काभ्रेपलाञ्चोक, १३ पुस ।
ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई २२ वर्षदेखि फरार रहेका पुष्पराज गौतमलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–४ निवासी हाल मकवानपुर, हेटौंडा उपमहानगरपालिका–६ बस्दै आएका ५१ वर्षीय गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पुस ११ गते पक्राउ गरेको हो।
गौतमविरुद्ध मिति २०५९ मंसिर ९ गते काठमाडौँ जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला भएको थियो। फरार रहेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलमा पेश गरिएको छ।
प्रहरीले लामो समयदेखि फरार रहेका दोषीहरूलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।
