गाडीले किचेर सर्लाहीमा प्रहरी निरीक्षकको मृत्यु

बिदेश राजनीति समाचार

सर्लाही ,१७ पुस  । सर्लाहीमा गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको प्रहरीले जनाएको छ।

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर बस पल्टिँदा तुलाधरको च्यापिएर ज्यान गएको हो।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *