आजदेखि इस्वी संवतको नयाँ वर्ष २०२५ सुरु

बिदेश राजनीति समाचार

काठमाडौं । आज १७ पुष २०८१, बुधबार पुष शुक्ल द्वितीया तिथि। आजबाट इस्वी संवत् २०२५ सुरु भएको छ।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ।

पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। सोही अवसरमा आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ।

नेपालमा पनि मध्यराति नयाँ वर्षलाई स्वागत गरिएको छ। काठमाडौंको ठमेल, बौद्धलगायत स्थानमा विशेष चहलपहल देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *